जर्मन क्लब फ्रान्कफर्टले जित्यो युरोपा लिग फुटबलको उपाधि

काठमाडाैं | जेठ ५, २०७९

जर्मन क्लब फ्रान्कफर्टले जित्यो युरोपा लिग फुटबलको उपाधि

एजेन्सी: युरोपा लिग फुटबलको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ । बुधबार राति भएको खेलमा स्कटिस क्लब रेन्जर्सलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो ।

 

निर्धारित र अतिरिक्त सयमा १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । फ्रान्कफर्टले ४२ बर्षपछि युरोपा लिग उपाधि जित्यो । निर्धारित समयमा रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो ।

 

५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सको उत्साह जगाउनुभयो । ६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

 

त्यसपछि निर्धाीरत ९० मिनेट र अतिरिक्त समयमा समेत गोल नभएपछि टाइब्रेकर फ्रान्कफर्टले बाजी मार्न सफल भयो । टाइब्रेकरमा फ्रान्कफर्टका क्रिस्टोफर लेन्ज, एज्डिन रुस्टिक, दाइची कामदा, फिलिप कोस्टिक र राफेल सान्तोसले गोल गर्नुभयो ।

 

रेन्जर्सका जेम्स टाभेनिएर, स्टेभन डाभिस, स्कट अरफिल्ल र केमार रोफीले गोल गर्नुभयो । आरोन राम्सेको प्रहार विफल बनेको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्